मंसिर १९-
भारतको प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस पार्टीको अध्यक्ष पदमा राहुल गान्धी निर्विरोध निर्वाचित हुनुहुनेभएको छ । उम्मेदवारी दर्ता गराउने समयमा उहाँको मात्रै मनोनयन परेकाले निर्विरोध हुनुहुनेभएको हो । हाल राहुलकी आमा सोनिया गान्धी भारतीय कांग्रेसका वर्तमान अध्यक्ष हुनुहुन्छ ।

उहाँले स्वास्थ्यलगायतका कारणले पार्टी अध्यक्ष पदमा निरन्तरता दिनसक्ने अवस्था नरहेको बताउनुभएको छ । आगामी पार्टी महाधिवेशनका लागि अध्यक्षमा उम्मेदवारी दर्ता गराउने अन्तिम दिन हिजोसम्म थियो । राहुल गान्धी अहिले पार्टी उपाध्यक्ष हुनुहुन्छ । पाँच वर्षयता उपाध्यक्ष रहेका राहुलको काँधमा अब भारतकै सबैभन्दा पुरानो पार्टीको नेतृत्व पुग्न लागेको हो । सोनिया गान्धीले भने सन् १९९८ देखि पार्टीको अध्यक्ष पद सम्हाल्दै आनुभएको थियो ।

Facebook Comments