पुस २१-
पार्टी एकताका विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले शुक्रबार  आन्तरिक छलफल गर्दैछन् ।शुक्रबार आन्तरिक छलफल गरेपछि शनिबार दुई अध्यक्षबीच छलफल हुने नेताहरुले बताएका छन् ।

एमाले उपमहासचिव विष्णु पौडेलले दुवै दल आन्तरिक छलफलमा रहेको र आजपनि छलफल हुने बताउनुभयो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवनबाट शनिबार फर्केप्छि दुई अध्यक्षबीच छलफल हुने उहाँले जानकारी दिनुभयो । पार्टी एकता र राजनीतिक वस्तुस्थितिबारे अन्तरसंवाद भइरहेको र एकतामा  कुनै समस्या नरहेको पौडेलको दावी छ । विहिबार दुवै अध्यक्षबीच लामो टेलिफोन संवाद भएको उहाँले जानकारी दिनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शनिबार दिउँसो काठमाडौँ फर्किने कार्यतालिका रहेको छ । एमाले अध्यक्ष ओलीको स्वास्थ्यमा सुधार भए दुवै नेताबीच अध्यक्ष प्रचण्ड फर्केलगत्तै भेटवार्ता हुनेछ । विहिबार एमाले नेताहरुले अध्यक्ष ओली निवास बालकोटमा दुई चरण छलफल गर्नु भएको थियो ।

Facebook Comments