माघ ११-
अमेरिकाको एक अदालतले अमेरिकाका ओलम्पिक जिम्नास्टिक्स टिमका पूर्व डाक्टर लरी नस्सारलाई यौन शोषणको आरोपमा १७५ वर्षको जेल सजाय सुनाएको छ ।

१ सय ६० जना पीडितको बयानपछि अदालतले उहाँलाई जेल सजाय सुनाएको हो । नस्सारले माफी माग्ने प्रयास गरे पनि न्यायाधीशले अस्वीकार गर्दै जेल सजाय तोकेको वीवीसीले जनाएको छ । नस्सारले कयौं युवतीलाई यौन दुव्र्यवहार गरेको ठहर गर्दै अदालतले जेल सजाय दिएको हो ।

कतिपय ओलम्पिक खेलाडीलाईसमेत लरीले यौन दुव्र्यवहार गरेको पुष्टि भएको छ ।५४ वर्षीय नस्सारलाई यसअघि पनि बालबालिकामाथि यौन हिंसा गरेको आरोपमा ६० वर्षको कैद सजाय सुनाइएको थियो ।

एजेन्सी

Facebook Comments