Photo: THT/ File
काठमाण्डौबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ ।
पोखरा विमानस्थलमा अवतरणका क्रममा जहाजसँग चरा ठोक्किएको हो । विमानसँग ठोक्किएको चरा गिद्ध भएको प्रारम्भिक अनुसन्धानले देखाएको बुद्ध एयर पोखरा कार्यालयले जनाएको छ ।
विमानको दायाँ इन्जिनको एक प्रोपेलरमा क्षति पुगेको छ । विमानमा ६८ जना यात्रु थिए । सबै यात्रु तथा चालक दल सुरक्षित रहेको बुद्ध एयरले जनाएको छ । अब क्षति मूल्यांकन र मर्मतपछि मात्रै विमान पुनः उडानयोग्य बन्नेछ ।
एक महिनाअघि पनि बुद्ध एयरको विमान पोखराबाट काठमाण्डौका लागि उड्नसाथ गिद्धसँग ठोक्किएपछि पुनः धावनमार्गमै फर्किएको थियो ।