प्रधानमन्त्री सुशीला कार्कीले घोषित मितिमा चुनाव सम्पन्न गराई युवाशक्तिको हातमा सत्ता सुम्पिएर देशलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने सरकारको प्रमुख दायित्व भएको बताउनुभएको छ ।

ज्यापु संस्कृति विकास कोषको आयोजनामा आज काठमाण्डौमा सम्पन्न २२औँ राष्ट्रिय ज्यापु दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो । उहाँले घोषित मितिमा चुनाव सम्पन्न गर्न सरकार पूर्णरुपमा तयारीमा जुटेको पनि बताउनुभयो । उहाँले नवयुवा आन्दोलनले उठाएका मागहरु सम्बोधन गर्न सरकार गम्भीर रहेको पनि बताउनुभयो ।

नवयुवा आन्दोलनले भ्रष्टाचारको अन्त्य, सुशासन, रोजगारी र गास, बास, कपासको ग्यारेन्टी माग गरेको उल्लेख गर्दै उहाँले ती मागहरु पूरा सबै कटिवद्ध हुनुपर्नेमा जोड दिनुभयो । प्रधानमन्त्री कार्कीले संस्कृतिको संरक्षणसँगै पर्यटनसँग जोड्नुपर्ने पनि बताउनुभयो ।

Facebook Comments