राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनको भरतपुरस्थित चौविसकोठीमा आफ्ना कार्यकर्ता एवं शुभेच्छुकहरुलाई सम्बोधन गर्नहुँदै । सभापति लामिछाने रिहा भएपछि आफ्नो चुनावी क्षेत्र चितवनवासीलाई पहिलो पटक सार्वजनिक रुपमा सम्बोधन गर्नुभएको हो । तस्बिरः सनद अधिकारी/रासस

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज चितवनको चौबीसकोठीमा भएको सभालाई सम्बोधन गर्नुभएको छ ।

भरतपुरको चौबीसकोठीमा उहाँले विशेष सम्बोधनमार्फत चितवनले आफूलाई मात्र नभइ सिङ्गो देशलाई न्याय गर्ने विश्वास व्यक्त गर्नुभयो । हिजो मात्रै थुनामुक्त भएका लामिछानेले चौबीसकोठीमा पहिलो सभालाई सम्बोधन गर्ने क्रममा आफूमाथि अन्याय भएको दोहोर्‍याउनुभयो । नवयुवाको भावनालाई समेट्न आफूले सक्दो प्रयास गर्ने उहाँको भनाइ छ ।

रुपन्देहीको बुटवलमा रहेको सुप्रीम सहकारीको बचत अपचलन मुद्दामा थुनामा रहेका लामिछाने हिजो मात्रै जिल्ला अदालतमा उपस्थित भएर रिहा हुनुभएको हो ।

Facebook Comments