प्रधानमन्त्री सुशीला कार्कीले भोलि प्रमुख तीन दलका शीर्ष नेताहरूसँग संयुक्त छलफल गर्नुहुने भएको छ । उहाँले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूको संयुक्त बैठक आह्वान गर्नुभएको हो ।

आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावको तयारीका सम्बन्धमा प्रधानमन्त्रीले बैठक बोलाएको उहाँको सचिवालयले जनाएको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर बैठकमा सहभागी हुन निमन्त्रणा समेत गर्नुभएको छ ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले सोमवार प्रधानमन्त्री कार्की समेतको सहभागितामा प्रमुख तीन दलका शीर्ष नेताहरूसँग शीतल निवासमा छलफल गर्नुभएको थियो । त्यस अवसरमा सहभागी दलका नेताहरूले चुनावका लागि भयरहित वातावरण बनाउन सरकारलाई सुझाव दिएका थिए ।

Facebook Comments