गुल्मीको पर्यटकीय स्थल रेसुङ्गाको नुनामारे क्षेत्रबाट आइतबार बिहान देखिएका अन्नपूर्ण र धौलागिरीलगायतका हिमश्रृङ्खला तथा आसपासका क्षेत्र । तस्बिर : जनार्दन घिमिरे/ रासस

आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । अहिले नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र त्यसैको प्रभावले केही क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।

महाशाखाका अनुसार तराई भू–भागका केही ठाउँमा अहिले लागिरहेको हुस्सु/कुहिरो दिउँसोसम्म रहनेछ । दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने सम्भावना छ ।

आज राति तराई भू–भागका केही ठाउँमा हुस्सु रहने छ भने कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा सामान्य वर्षा र हिमपातको सम्भावना रहेको छ ।

Facebook Comments