
धादिङ जिल्लामै उत्कृष्ट कोरियन भाषा तथा वैदेशिक अध्ययन परामर्श सेवा प्रदान गर्दै आएको ग्लोबल कम्प्यूटर एजुकेशनल इन्स्टिच्यूटले कोरियन भाषा ईपिएस परीक्षामा शतप्रतिशत अंक प्राप्त गर्न सफल विद्यार्थीहरुलाई सम्मान गरेको छ । इन्स्टिच्यूटले आज एक कार्यक्रमका बीच विद्यार्थीहरुलाई सम्मानका साथै विद्यार्थी भिसा प्राप्त गरिसकेका विद्यार्थीहरुलाई विदाई समेत गरेको छ ।
कार्यक्रममा ईपिएस परीक्षा उत्तीर्ण गरी उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई खादा तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै इन्स्टिच्यूट सञ्चालक उत्तम सापकोटाले मेहनत, अनुशासन र नियमित अभ्यास नै सफलताको मुख्य आधार भएको बताउँदै आगामी दिनमा पनि गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कोरियन भाषा अध्ययनका लागि आवश्यक आधुनिक कक्षा सञ्चालन, अनुभवी प्रशिक्षकमार्फत प्रशिक्षणको व्यवस्था गरिएकाले पनि विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताउनुभयो । त्यसैगरी, कोरिया अध्ययनका लागि विद्यार्थी भिसा प्राप्त गरिसकेका विद्यार्थीहरुलाई सफल भविष्यको शुभकामना दिँदै विदाई गरिएको थियो । विदेश अध्ययनका क्रममा सिकेका सीप र अनुभवलाई भविष्यमा देश विकासमा समेत उपयोग गर्न संञ्चालक सापकोटाको आग्रह थियो । कार्यक्रममा सहभागी विद्यार्थीहरुले आफूहरुले पाएको सहयोग, मार्गदर्शन र प्रेरणाका लागि इन्स्टिच्यूट परिवारप्रति आभार व्यक्त गरेका थिए ।

धादिङको सदरमुकाम धादिङबेसी स्थित विच बजारमा रहेको इन्स्टिच्यूटले कोरियन, जापान, अस्ट्रेलिया, क्यानाडा, यूके लगायतका वैदेशिक अध्ययन र परामर्श क्षेत्रमा प्रभावकारी सेवा प्रदान गर्दै आएको छ। भने कम्प्यूटरका विभिन्न कोर्षहरु पनि सञ्चालन भईरहेको छ ।
