कात्तिक ११, धादिङ ।
समाचार संकलनका क्रममा सगरमाथा टेलिभिजनका सम्वाददाता शिखा श्रेष्ठ र क्यामेरापर्सन अजय हाकुजुलाई यातायात व्यवस्था विभागका निर्देशक चन्द्र शाहले दुव्र्यवहार गर्दै धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
समाचार संकलनका लागि कात्तिक ६ गते मिन भवनस्थित यातायात व्यवस्था विभाग पुगेका सञ्चारकर्मीद्वय श्रेष्ठ र हाकुजुलाई भाद्र १ गतेबाट लागू भएको मुलुकी संहिताको हवाला दिँदै सार्वजनिक सेवाको क्षेत्र र त्यहाँबाट दिइने सेवाका विषयमा समाचार बनाउन पूर्वअनुमति लिनुपर्ने भन्दै निर्देशक शाहले दुव्र्यवहार गर्दै धम्क्याएका थिए ।
सार्वजनिक सेवाको क्षेत्रमा आमनागरिक र सेवाग्राहीको सहज पहुँच हुनुपर्नेमा विभागका जिम्मेवार पदमा बसेका जिम्मेवार अधिकारीबाटै पत्रकारलाई धम्की दिँदै समाचार संकलनमा अवरोध खडा गरिएको भन्दै विज्ञप्ती मार्फत ध्यानकर्षण भएको जनाएको छ । प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुनुका साथै पदीय मर्यादा विपरीतको कार्य भएको र प्रेसलाई हतोत्साहित र कमजोर बनाउन खोज्ने यस्ता कार्यको कडा भत्र्सना गर्दछ नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।
गृह जिल्ला धादिङ भएका पत्रकार शिखा श्रेष्ठ लामो समय देखी सञ्चारमाध्यममा कार्यरत हुनुहुन्छ । यसअघि उहाँ धादिङमा रहँदा रेडियो लोकतन्त्र, दिव्यदर्शन टेलिभिजनमा समाचार वाचकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

भिडियो हेर्नुहोस् :-

 

https://www.facebook.com/shikhastha074/videos/342614979806635/

भिडियो सौजन्य : पत्रकार शिखा श्रेष्ठको फेसबुकबाट

Facebook Comments