
कात्तिक १४ ।
वायु प्रदूषण नियन्त्रणका लागि सरकारले सबै स्थानीय तहसँग समन्वय गरेर वायु प्रदुषण कम गर्न पहल थालेको छ । नेपालमा बढ्दो वायु प्रदुषणलाई कम गर्न सरकारले स्वच्छता अभियान नै थालेको छ ।
वातावरण विभागका महानिर्देशक झलक राम अधिकारीले संविधानमै वातावरण प्रदुषित गर्नेलाई दण्ड जरिवानाको प्रावधान भएकाले अब सरकार त्यसलाई अपनाउँदै अगाडी बढ्ने तयारीमा रहेको बताउनुभयो । उहाँले विकास निर्माणका क्रममा सबैभन्दा बढि वायु प्रदुषण हुने र कलकारखानाबाट निस्कने फोहार र कार्वनका कारण वायु प्रदुषण बढेको हुनाले त्यसको व्यवस्थापनका लागि पनि सरकार तयारीमा जुटेको बताउनुभयो ।
वायु प्रदुषणका कारण नेपालमा वर्षेनी १० हजार मानिसको मृत्यु हुने गरेको छ । वायु प्रदुषण हुने सबैभन्दा खराब ५ देशहरुको सूचीमा अग्रस्थानमा रहेको विश्व सवास्थ्य संगठनले जनाएको छ ।