कात्तिक १५ ।

आर्थिक लेनदेनको भ्रामक समाचार फैलाएको आरोपमा क्रसर व्यवसायी संघ धादिङका सदस्य थाक्रे गाउपालिका वडा नम्वर ७ का निलम प्रसाद पन्तलाई अनुसन्धानको लागि प्रहरीले पक्राउ गरेको छ ।

क्रसर व्यवसायीहरुले दशै खर्चबापत सांसद, मन्त्री, प्रशासनिक निकायका प्रमुख एवं प्रतिनिधिहरु र पत्रकारहरुलाई रकम समेत उपलव्ध गराएको लिस्ट बाडेको भन्दै क्रसर व्यवसायीहरुबाटै दोषी उपर कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी परेको आधारमा पन्तलाई हिरासतमा लिएको प्रहरीले जनाएको छ ।

कार्तिक १३ गते काठमाडौबाट पक्राउ परेका पन्तलाई हिरासतमा राखी घटना बारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धादिङले विहिबारपत्रकार सम्मेलन गरि जानकारी गराएको प्रहरी उपरिक्षक डम्मर बहादुर विकले जानकारी दिनुभयो । फौजदारी अपराध संहिताको दफा ११८ र १२४ आकर्षित भएको पनि प्रहरी उपरिक्षक विक बताउनुहुन्छ ।

घटना पुष्टि भए कानुन बमोजिम कारबाही हुने विकले पत्रकार सम्मेलनमा बताउनु भयो । यस्तै पत्रकार सम्मेलनमार्फत प्रहरी उपरिक्षक विकले अनुसन्धान कार्यमा आवश्यक सहयोग गर्न समेत आग्रह पनि गर्नुभएको छ ।

Facebook Comments