
मंसिर १८ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । गएराति घटाएको मूल्य मंगलबार देखि लागू हुनेछ ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा मूल्यमा प्रति लिटर दुई रुपैयाँ घटाएको छ । निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतका अनुसार पेट्रोलको नयाँ बिक्री मूल्य प्रतिलिटर १ सय १२ रुपैयाँ तथा डिजेल र मट्टितेलको ९९ सय रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा नै पेट्रोलियम पदार्थको मूल्यमा कमी आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ । एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ ।