
माघ १८, धादिङ ।
धादिङको रुवीभ्याली गाउँपालिकाको हिन्दुङमा माघ १३ गते आईतबार बिहानदेखि पहिरोमा पुरिएर ओडार भित्र हराइरहेका २ जना पाँच दिन पछि ढुंगाले च्यापिएको अवस्थामा बिहीबार सांझ मृत भेटिएको छ ।
१३ गते आईतबार विहान करिव पाँच बजेतिर पहराको चट्टान खसी ओडार भत्कीदा उनिहरु वेपत्ता भएका थिए । उनिहरुलाई विहिबार मृत अवस्थामा ओडारबाट निकालीएको छ । उनिहरुसंगै पुरिएका २६० भेडा बाख्रा मध्य चार ओटा भने जिवित निकालीएको रुवी भ्याली गाउँपालीका–४ का वडा अध्यक्ष प्रशान्त तामाङले बताउनु भयाे।
नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी बलले चार दिन पछी उनिहरुलाई निकाल्न सफल भएको हो । पहराको ठुला ठुला चट्टान खसेर ओडार पुरिएकाले गर्दा उद्धार कार्यमा कठिनाई भएको थियो । १४ गते विहान पहराको चट्टान खसी ओडार पुरिए पछी सशस्त्र प्रहरी बल विपद ब्यवस्थापन तालीम शिक्षालय कुरिनटारको उद्धार टोली, नेपाली सेना र प्रहरीले अत्याधुनकि मेसिनले ढुङ्गा फुटाई काम गरेको थियो ।
जिल्लाको विकट रुविभ्याली स्थित हिन्दुङ्गमा परेको बाक्लो हिमपातका कारण चिसो छल्नका लागी जंगलबाट भेडि गोठ सार्ने क्रममा उनिहरु सो ओडारमा भोडा बाख्रा सहित बसेका थिए । ओडारमा पुरिएर मृत्यु हुने मध्य हिन्दुङ्गकै ४५ वर्षीय नुर्वु तामाङ्ग र १८ वर्षीय धन तामाङ्ग रहेको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेयले जानकारी दिनु भएको छ ।