
तस्विर :-एसबी घले
वैशाख ७, धादिङ ।
धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ४ मा रहेको तामाङखर्क माध्यमिक विद्यालयलाई २ रोपनी जग्गा प्राप्त भएको छ । स्थानीय रामजीप्रसाद सिंखडाले विद्यालयको लागि ३ लाख ५० हजार रकम बराबरको २ रोपनी जग्गा दान दिनुभएको हो ।
यहि वैशाख १ गतेदेखी विद्यालयको आयोजनामा संञ्चालन भईरहेको शैक्षिक तथा धार्मिक महोत्सव श्रीमत् भागवत ज्ञान सप्ताहको शुक्रबार छैटौं दिनमा उहाँले विद्यालयको लागि उक्त जग्गा दान दिनुभएको स्थानिय एसबी घलेले जानकारी दिनुभयो ।

महायज्ञमा शुक्रबार थप ६ लाख ३ हजार रकम पनि संकलन भएको छ । यो सँगै महायज्ञमा अहिले सम्म २२ लाख रकम संङ्कलन भएको स्थानीय घलेले जानकारी दिनुभयो । विद्यालयको भौतिक शैक्षिक अवस्था सुधार गर्न, विद्यालयमा प्राविधिक शिक्षा संचालन, अभिभावकविहिन बालबालिकाहरुको लागि छात्रावास निर्माण तथा क्याम्पस संचालनमा सहयोग गर्ने उद्देश्यले विद्यालयले धार्मिक महोत्सव श्रीमत् भागवत ज्ञान सप्ताह आयोजना गरेको हो ।