वैशाख १८, धादिङ ।

आज मे १ अर्थात १३० औं अन्र्तराष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइदैँ छ ।

आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनका लागि युरोप र अमेरिकाका मजदुरहरुले गरेको संघर्षको सम्झनामा प्रत्येक वर्ष मे १ तारिखमा अन्र्तराष्ट्रिय मजदुर दिवस मनाउने गरिन्छ । ७ औं शताब्दीमा भएको संघर्षले मजदुरहरुले यो अधिकार प्राप्त गरेका थिए । सन् १८९० देखि हरेक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिएको हो ।

तस्विर:सामाजीक संञ्जालबाट

नेपालमा सन् १९६३ देखि अन्र्तराष्ट्रिय श्रमिक दिवस मनाइदै आइएको छ । विसं २०४६ को राजनीतिक परिवर्तनपछी नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको छ । यसै अवसरमा धादिङ लगायत देशैभर बिभिन्न ट्रेड युनियन महासङ्घ तथा पार्टीगत ट्रेड युनियन तथा मजदुर सङ्गठनहरुले सभा बिचारगोष्ठी र ¥याली लगायतका विविध कार्यक्रम गर्दैछन् ।

Facebook Comments