२०८३ कार्तिक २८, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कास्कीमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु

कास्कीमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु

कास्कीको पोखरा महानगरपालिका–१७, बालोदय चोकस्थित सिद्धार्थ राजमार्गमा मोटरसाइकलको ठक्करबाट दुईजनाको मृत्यु भएको छ ।


बिहीबार बिहान विरौटाबाट छोरेपाटनतर्फ जाँदै गरेको ग १४ प ४८७९ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएपछि मोटरसाइकल अनियन्त्रित भएर सडकको बीचमा रहेको डिभाइडरमा ठोक्किएको प्रहरीले जनाएको छ ।


दुर्घटनामा मोटरसाइकल चालक पोखरा महानगरपालिका–१७ बस्ने १९ वर्षीय सफलकुमार श्रेष्ठ र लमजुङ घर भई हाल पोखरा महानगरपालिका–१७, विरौटा बस्ने ४५ वर्षीय पैदलयात्री कृष्ण कुमालको मृत्यु भएको छ ।


दुर्घटनामा घाइते भएका उनीहरूलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल