धादिङका यातायात व्यवसायीहरूले अनिश्चित समय सम्मका लागि यातायात बन्द गरेका छन् ।
केही दिन अघि धादिङका यातायात व्यवसायीहरूले वृद्धि गरेको सार्वजनिक यातायातको भाडा गैरकानूनी भन्दै स्थानिय प्रशासनले कारवाही गर्न थालेपछि यातायात बन्द गरेका हुन् ।

सरकारले अन्तर प्रदेश चल्ने लामो दुरीका सार्वजनिक यातायातले भाडादर वृद्धि गराउन पाईने भनेर निर्णय गरेको भएपनि धादिङका यातायात व्यवसायीले स्थानिय रुटहरुमा चल्ने यातयातमा पनि भाडादर वृद्धि गरेको थियो ।

साउन १ गतेदेखी सरकारकौ निर्णय भन्दै यातायात व्यवसायीले मनोमानी ढंगले २८ प्रतिशत भाडा वृद्धि गरेको थियो ।

भाडा वृद्धिको विषयमा विभिन्न क्षेत्रबाट विरोध भईरहेको छ ।

 

Facebook Comments