
धादिङमा आर्थिक वर्ष २०७७/७८ मा ३९ हजार २ सय ५८ सवारी साधन कार्वाहीमा परेका छन् । ट्रफिक नियम उल्लंघन गर्ने सवारी साधन कार्वाहीमा परेको होे ।
कार्वाहीमा परेको सवारी साधनबाट आर्थिक वर्ष २०७७/७८ मा ३ कारोड २७ लाख ३८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ । गत आर्थिक बर्ष २०७६/७७ मा भन्दा आर्थिक बर्ष २०७७/७८ मा ट्रफिक नियम उल्लंघन गरि कार्वाहीमा पर्ने सवारी साधनको संख्यामा वृद्वि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीको तथ्याङकमा छ ।
गत आर्थिक बर्ष २०७६/७७ मा २७ हजार २ सय ७६ सवारी साधन ट्रफिक नियम उल्लघन गरी कार्वाहीमा परेको थियो । जसबाट गत आर्थिक बर्ष २०७६/७७ मा १ करोड ५७ लाख ६० हजार ५० रुपैयाँ राजस्व संकलन भएको थियो ।
विना लाइसेन्स सवारीसाधन चलाउने, आवश्यक कागज पत्र नभएको, ओभरटेक गर्ने, ओभर लोड सामान लोड गर्ने सवारीसाधन कार्वाहीमा परेको हो । जसमा सबैभन्दा बढि कार्वाहीमा पर्नेमा ट्रक, ट्रिफर, मोटरसाइकल रहेका छन् ।