हिजो आज एस.इ.इ को नतिजाले सामाजिक सञ्जाल नै तातेको छ । एस.इ.इ नतिजा खस्कनुमा कमजोरी कसको त?विचारणीय प्रश्न के छ भने अनुत्तीर्ण हुनेहरु धेरै सरकारी बिद्यालयका नै छन् । त्यस माथि ग्रामिण इलाकाको छन् ।
के बिद्यार्थी फेल हुनुको मुल कारण शिक्षक नै हो त? शिक्षक माइती घरमा उत्तानो परेर नै बिद्यार्थी उत्तानो परेको हो त? दोषको टोकरी शिक्षकको टाउको माथि थोपरेर के शिक्षा क्षेत्रको उन्नती होला वा अवनन्ती ?यो सोच्नु आबश्यक छ कि माइती घरमा शिक्षक उत्तानो पर्यो वा राज्यले पार्न बाध्य पारिएको यसको बिश्लेषण गर्न चुनाबको बेला गुलिया घोषणपत्र देखाउने हरुले गर्नुपर्छ।
शिक्षकलाई निकम्मा दोषी साबित गर्ने स्थानीय तह ,सरकार बिद्यार्थी अभिभाबकले गनुपर्ने भुमिकामा आँखा चिम्लेर सामाजिक सञ्जालमा रोइलो गर्दा नतिजा राम्रो आउला र ? बिद्यार्थीको असफलता भनेको शिक्षकमात्र होइन । राज्यको शिक्षा नीति नै असफल हो सरकार नै असफल हो । नेपाली माटोले चाहेको नेपाली संस्कार सस्कृती अनुकूुल स्थानीय स्रोत साधनको पहिचान गरि पाठ्यक्रम निर्माण गर्नुपर्नेमा दातृराष्ट्र INGO गुहारेर थैली कताबाट भरिन्छ उताउतै शिक्षा नीति दौडिनु नै मूल समस्याको जड हो ।

हामी आजभन्दा ६३ बर्ष पुरानो शिक्षा ऐनमा दौडिरहेका छौ ,पन्चायत, प्रजातन्त्र लोकतन्त्र हुदै गणतन्त्र आउदा समेत यसलाई पुर्नजन्म दिनुपर्नेमा राज्यमाथि आर्थिक भार पर्छ भनेर राज्य भागिरहेको छ। दार्शनिक माओत्सेतुङ अनुसार चीनमा सरकारले देश बनाउने योजना सय बर्षलाई सम्झेर बच्चा पढाउने गर्दछ ,शिक्षा देशको मेरुदण्ड मान्दछ तर हाम्रो देशमा शिक्षा ऐन ,शिक्षा नीति राज्य सरकार नै कुहिरोमा काग रुमलिएको जस्तै रुमलिरहेको छ ।
बिद्यार्थी फेल हुनुमा शिक्षकको कमजोरी छँदै छैन भन्न खोजिएको होइन तर बिद्यार्थी फेल हुनुमा निम्न कारणहरु रहेका छन् :
१.बिद्यार्थीहरुको रुचिपूर्ण, ब्यबहारिक र सीपमूलक बिषय पाठ्यक्रमा नसमेटिनुुु ,
२.कोर्सको अध्ययनभन्दा मोबाइल पब्जी, फिफ्रायर अनलाइन खेलमा ब्यस्त रहनु ,
३.तोकिएको गुणस्तर दिन नसक्ने बिषयगत शिक्षक र प्रधानाध्यापकलाई कारबाहि गर्न नसक्नुु
४.बिद्यालय बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत हुनु ,
५.उदार कक्षा नीति तथा कोरोनाको असर देखा पर्नु,
६.जीबन उपयोगीभन्दा पनि कोरा शिक्षा लिएर देश छोड्नुपर्ने अबस्था, हुनु,
७.सामाजिक आर्थिक अभाबमा अभिभाबक,शिक्षक बिद्यार्थी र बिद्यालय गिजलिनु
८.सरोकारवालाहरुको अनुगमन फितलो र कर्मकाण्डी मात्र हुनुुु,
९.दक्ष तालिम प्राप्त प्रशासनिक ज्ञान एंवम नेतृत्व सिप भएको राम्रालाई हैन हाम्रोलाई प्रअको जिम्मेवारी दिइनु,
९.२०५७ सालदेखि दरबन्दि सृजना नगरी दश थरीका शिक्षक नियुक्त गरिनु,
१०. शिक्षकमा पुरस्कार र दण्डको ब्यबस्था फितलो हुनु,
११.बालमैत्रीको नाममा बिद्यार्थीलाई स्वतन्त्रता बढि हुनु ,
१२.जनप्रतिनिधीहरु शिक्षकको सहयोगी भन्दा हुकुमी शैलीमा निर्देशक बन्नु,
१३. बिद्यालयलाई राजनीतिक भर्ती केन्द्र बनाउनु,
१४.अभिभाबकले आफ्नो सन्ततीलाई संस्कार अनुशासन नैतिक शिक्षा दिन नसक्नु,
समस्या जे भएपनि नीति जसले बनाएपनि माटो जसले मुछेपनि अन्तिम आकार दिने बिद्यार्थीको उज्वल भबिष्य बनाउने शिक्षक नै हुन् । शिक्षक आफ्नो कर्मप्रति इमान्दार छन् अझ हुनुपर्छ ,शिक्षकलाई गिराएर हैन शिक्षा पेशाप्रति सम्मानका साथ शिक्षकको माग मुद्दा सम्बोधन गरेर कर्मप्रति इमान्दार बफदार बन्न शिक्षकलाई हौसला बढाउनुपर्छ ।
निजीमा पढाउदा दिनकै जान भ्याउने,फ्रि तिर्न सक्ने तर सरकारीमा पढाउने बित्तिकै कापी समेत पठाउन आनाकानी गर्ने बानी अभिभावकले सुर्धानुपर्छ । अभिभाबक सरकार स्थानीय तहले बिद्यालय प्रति हेर्ने चश्मा फेरिनु जरुर छ। शिक्षकसँग पनि जादुको छडि हुदैँन फू गरेर दिमागमा ज्ञान घुसाइदिने,बिद्यालयमा मात्र छ घण्टा रहन्छ तर घरमा १८ घन्टा अभिभावककै साथ रहदा किताबी ज्ञान नदिएपनि बालबालिकालाई संस्कार नैतिक शिक्षा र अनुशासन शिक्षा दिन समय खर्चनु पर्छ ।
देशभरमा पास भएको बिधार्थी आफैँ पास भएको होइनन् । सबै शिक्षक राजनीतीक झोले नै होइनन् । सबै शिक्षक बेकम्मा होइनन् । सबै शिक्षकलाई एउटै टोकरीमा हालेर हेर्नुुुु पेशाप्रति बफदार शिक्षक आत्मसम्मानमा चोट दिनु हो ।आरोप लगाएपछि प्रत्यारोप लाग्छ ?चोरऔला देखाउदाँ बुढी औलाँ फर्कन्छ यसकारण यहाँ सबैको कहि कतै कमजोरी त छ तर कमजोरी केलाएर आपसी सहयात्री भएर शिक्षा क्षेत्र सुधार्न यी बुदाँहरु मनन गरौँ :
१.सरकारी बिद्यालय प्रति हेर्ने चस्मा फेरी अभिभाबक शिक्षाको थालनी गनुपर्ने,
२.सरोकारवालाहरुको अनुगमन ब्यवस्थित र भरपर्दो हुनुपर्ने ,
३.मोबाइल फिफ्रायर पब्जी अनलाइन खेलहरुमा पूर्ण बन्देज लगाउनु पर्ने,
४.पटक पटक तोकिएको गुणस्तर दिन नसक्ने बिषयगत शिक्षकलाई घटुवा र राम्रो गर्नेलाइ बढुवा गनुपर्ने
५.सरुवामा राजनीकि आधारमा नभई ऐन अनुसार हुनुपर्ने
६.नेपाली माटो सुहाउदो पाठ्यक्रम तयार हुनुपर्ने
७.शिक्षक पेशालाई मर्यादित सम्मानित बनाउनुपर्ने
८. रोजगारमूलक शिक्षा हुनुपर्ने
९.नैतिक शिक्षा ब्यवहारिक शिक्षा लागु हुनुपर्ने,
१०.प्रत्येक बिद्यालयमा छात्राबास सहित भौतिक ,शैक्षिक र प्रबिधीमा सम्पन्न बनाउनुपर्ने,
११.राज्यले शिक्षकको उचित माग सम्बोधन गरी शिक्षा ऐन ल्याउनुपर्ने,
१२.उदारकक्षा नीतिको समिक्षा गनुपर्ने।
१३.प्रतिस्पधात्मक तरिकाले प्रअ नियुक्ति गर्नुपर्ने ।
नपढे नि बिदेश गईन्छ, कमाइन्छ । देशमा भबिष्य छैन,भन्ने बिद्यार्थी धैरै पाइन्छ,त्यहि अनुरुप सहि मार्गदर्शन र प्रेरणाको अभाब देशको अबस्थाले पनि एक दिनमा बनाएको राहदानी लिएर देश चाडै छोड्न पाए खुसी हुने, मनोबिज्ञानले बिद्यार्थीमा पढाइको लगाब घटिरहेको छ।
पढेर रोजगारको लागि भाँैतारिदै हिड्ने पल्लोघरे दाई र पढ्न र खोरिया खन्न छोडेर कोरीया हिड्ने वल्लोघरे दाईको अन्तर देखेर शिक्षाप्रति बालबालिकालाई बितृष्णा भएको छ, अध्ययनमा ध्यान मन र परिश्रम र अनुशासन बिद्यार्थीमा छैन। शिक्षक पेशाप्रति बफादार नबन्दा,अभिभावकको आफ्नो सन्ततीप्रति जिम्मेवारी भुल्दा सरकार आँखा चिम्लेर बस्दा आज बिकराल अबस्था आएको हो।
अब शिक्षकको खुट्टा तानेर हैन,शिक्षकको हात समाएर बालबालिकाको भबिष्य कोर्न लागौँ,लडेको होइन् चिप्लीएको मात्र हौँ,आउनुस सबै मिली आफूमाथि लागेको फोहोर फालौँ, बिद्यार्थी अनुशासित लगनशील बना, शिक्षक आफ्नो पेशाप्रति बफादार मेहानती बनौँ, नसके अर्को पेशा रोजौँ,अभिभावकले आफ्नो सन्ततीलाई संस्कार दिदै बिद्यालयसँग हातेमालो गरौँ,उठौँ जुटौँ अब शिक्षाको ज्योति बाल्न हातेमालौँ गरौँ ।
जय शिक्षा ! जय शिक्षक !!
लेखक ध्रुव श्रेष्ठ धुसेनी आधारभुत विद्यालय नीलकण्ठ नगरपालिका १ धादिङका शिक्षक हुनुहुन्छ ।