२११ औं भानु जयन्तीको अवसरमा सदरमुकाम धादिङबेसीमा समाज र संस्कृतिको संरचना विषयक विद्वत गोष्ठीको आयोजना गरिएको छ ।
नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङको आयोजना र नीलकण्ठ बहुमुखी क्याम्पस सह–आयोजनामा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीका मुख्यवक्ता नेपाल ऋषि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. जगमान गुरुङले विस्तारै नेपाली समाज पश्चिमा संस्कृतिका कारण विकृतिले भरिन थालेको बताउनुभएको छ ।
नेपालीहरुले पुरानो संस्कृति र संस्कार बिर्सिसकेकाले यसलाई पुनः उजागर र प्रवद्र्धनको आवश्यक्ता रहेको बताउनु भयो । धादिङको सल्यान्टारमा बौद्ध चैत्यहरुले भरिपुर्ण रहेकोले यसलाई अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्न सके पर्यटनलाई आकर्षण गर्न सकिने बताउनुभयो ।
धादिङको गाणेश हिमाल, मैदीकोट, त्रिपुरासुन्दरी माई लगायतका धार्मिक आस्था र पर्यटनका केन्द्रहरुलाई प्रवद्र्धन गर्दै विदेशीहरुले हेर्न आउने लायकको ठाउँ बनाउनुपर्नेमा जोड दिनुभयो । समता, समानता पहिल्यैदेखि चलिआएकोले जातियताको आधारमा भेदभाव, थिचोमिचो नभएको बताउनुभयो । हरेक जातजाती अनुसार मिलेर बसेको नेपाली समाजलाई पछिल्लो समय भने केही धर्मको नाममा, जातियताको नाममा राजनिति गर्नेहरुले विगार्दै लगेको बताउनुभयो ।
भानुभक्तलाई स्मणगर्नुहुँदै डा.गुरुङले नेपाल कला, साहित्यका क्षेत्रमा धनी रहेकोले यसको गरिमा बचाउनु पर्ने धारणा राख्नुभयो । यस्तै कार्यक्रममा सहभागीहरु र पूर्व उपकुलपति डा. जगमान गुरुङ बिच नेपाली साहित्य कला, ईतिहाँस, धर्म लगायत विभिन्न विषयमा प्रश्नोत्तर कार्यक्रम गरिएको थियो । प्रश्नोत्तर कार्यक्रमको डा. नविनबन्दु पहाडीले सहजीकरण गर्नुभएको थियो ।
नीलकण्ठ प्रज्ञा प्रतिष्ठान धादिङका अध्यक्ष बद्री प्रसाद दाहालको अध्यक्षतामा सम्पन्न भएको गोष्ठीमा नेपाल तमु गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका विद्यार्थीहरुले गुरुङ संस्कृति झल्कीने नृत्य प्रस्तुत गरेका थिए ।