२०८३ कार्तिक २८, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा आज नेपालले नामिबियासँग अन्तर्राष्ट्रिय खेल खेल्दैछ । यो खेल नेदरल्यान्ड्समा नेपाली समयअनुसार दिउँसो पानै ३ बजे सुरु हुँदै छ । नेपाल र नामिबियाबीचको यो खेल दुवै टोलीका लागि महत्त्वपूर्ण मानिएको छ । पछिल्ला खेलहरूमा अपेक्षित प्रदर्शन गर्न नसकेका दुवै टोली जितको लक्ष्यसहित मैदान उत्रनेछन् ।

हालै सम्पन्न लिग–२ को खेलमा नामिबियाले नेपाललाई ८ विकेटले पराजित गरेको थियो । नेपालले यसअघि लिग–२ अन्तर्गत नेदरल्यान्ड्ससँग खेलेको खेलमा ६ विकेटले पराजित भएको थियो । नामिबियाले पनि आफ्नो पछिल्लो खेलमा नेदरल्यान्ड्ससँग ५८ रनको हार व्यहोरेको थियो । त्यसैले दुवै टोली आजको खेलबाट पुनरागमन गर्ने प्रयासमा रहनेछन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।