कार्तिक १६, धादिङ
अर्थमन्त्री युवराज खतिवडाले मुलुकमा अहिले आर्थिक तरलताको अभाव नरहेको बताउनुभएको छ । आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले अहिले वित्तीय सङक्रमण भएकाले मात्र त्यस्तो देखिएको बताउनुुभयो । मन्त्री खतिवडाले आर्थिक तरलता उत्पन्न हुन नदिने गरी तयारी भइरहेको पनि जानकारी दिनुभयो । उहाँले समग्र मुलुकको आर्थिक विकासका लागि प्रदेश र स्थानीय तहले खर्च गर्ने क्षमतामा वृद्धि गर्नुपर्ने पनि बताउनुभयो ।
अर्थ मन्त्री खतिवडाले अहिले स्थानीय तहको आ–आफ्नो अधिकार भएको बताउँदै नेपालीको कर तिर्ने क्षमताभन्दा बढी कर नलगाइएको प्रष्ट पार्नुभयो । स्थानीय तहमा करको समस्या अहिले नरहेको भन्दै उहाँले वित्तीय सङ्घीयता लागू भएको चार महीना मात्र भएकाले केही बुझाइको कमिका कारणले मात्र करको समस्या देखिएको जानकारी दिनुभयो ।
मन्त्री खतिवडाले देशको कुल गार्हस्थ उत्पादनमा वृद्धि भएको जानकारी गराउँदै शेयरको मूल्य घट्नुको मुख्य कारण माग र आपूर्तिबीचको भिन्नता रहेको बताउनुभयो । उहाँले अहिले वित्तीय आयोग गठन नभए पनि यसले गर्ने कार्य सरकार अन्तर्गतका विभिन्न निकायहरु मार्फत भइरहेको बताउनुभयो ।

Facebook Comments