कात्तिक २४ ।
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले छठपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएको छ । सरकारमा जानुअघि भएका सहमति कार्यान्वयन अहिलेसम्म नभएको भन्दै राजपाले सरकारलाई दिएको समर्थन छठपछि फिर्ता लिने चेतावनी दिएको हो ।

अहिलेसम्म सरकारले कुनैपनि प्रतिक्रिया नदिएकाले छठपछि सरकारसंग एकपटक छलफल गरेर सरकारको समर्थन फिर्ता लिने नलिनेबारे निर्णय गर्ने अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले बताउनुभयो ।राजपाले सांसद रेशम चौधरीको सपथ, आन्दोलनकारीमाथिका झुठा मुद्दा फिर्ता तथा संविधान संशोधनको माग पूरा नभए सरकारबाट बाहिरिने र पुनः संघर्षको बाटो रोज्ने चेतावनी दिएको हो ।

प्रधानमन्त्रीले सार्वजनिक रुपमै संविधान संशोधनको प्रक्रिया अघि बढाउने तथा मधेश–थरुहट आन्दोलनसँग सम्बन्धित मुद्दाको समाधान गर्ने प्रतिवद्धता जनाएकोले आफूहरुले सरकारलाई समर्थन गरेको राजपाले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

Facebook Comments