मंसिर २३ ।
शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा ग्लाडीयटर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । आईतबार भएको खेलमाकाइल जेम्स कोट्जरको कप्तानीमा रहेको पोखरा राइनोजलाई ४ विकेटले पराजितगर्दै भैरहवाले विजयीसुरुवात गरेको हो ।

टियु क्रिकेट मैदानमा भारतीय ब्याट्सम्यान रबी इन्द्रर सिंहले शतकीय इनिङस खेलेपछि पोखराले दिएको २ सय १६ रनको फराकिलो लक्ष्य भैरहवाले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । यस्तै, आईतबारै भएको अर्को खेलमाज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रीयट्सले ईपीएल टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ । आईतबार भएको खेलमा पृथु बास्कोटाको कप्तानीमा रहेको चितवन टाइगर्सलाई ११ रनले हराएर ललितपुरले पहिलो जित निकालेको हो ।

टियु क्रिकेट मैदानमा ललितपुरले दिएको १ सय ४४ रनको मध्यम लक्ष्य सहित जवाफी ब्याटिङ गरेको चितवनले पुरै २० ओभरमा ८ विकेट गुमाएर मात्र १३२ रन जोड्न सक्यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १४३ रन बनाएको थियो ।

Facebook Comments