सरकारले लामो दुरीका सार्वजनिक गाडीमा २८ भाडादर बढाउने निर्णय गरेसँगै धादिङका बस व्यवसायीले पनि नयाँ भाडादर लागु गरेको छ । अन्तर प्रदेश संञ्चालन हुने सार्वजनिक यातायातका साधनहरुले भाडादर वृद्धि गर्ने भनिएता पनि धादिङका बस व्यवसायीले भने धादिङको सबै क्षेत्रमा चल्ने  साविकको भाडा दरमा २८ प्रतिशत वृद्धि गर्दै नयाँ भाडादर कायम गरेको छ ।

धादिङबेशी-काठमाडौँ र काठमाडौँ-धादिङबेशी लगायत लामो दुरीमा चल्ने मात्र नभई सबै यातायातमा भाडा समायोजन  भएको ग्रामिण यातायात सहकारी संस्था लिमिटेडले जनाएको छ । यसअघि धादिङबेशी–काठमाडौं भाडा १८५ थियो, हाल समायोजन २८ प्रतिशतबाट हुन आउने रकम २३६.८० भएपनि २३५ मात्रै कायम गरिएको छ।

यातायात मन्त्रालयले गत मङ्गलवार २९ गतेदेखि नै लागू हुने गरी नयाँ भाडा दर सार्वजनिक गरेको थियो । नयाँ भाडा दरअनुसार सार्वजनिक गाडीको भाडा २८ प्रतिशतले बढेको छ। यस्तै पहाडमा चल्ने मालवाहक गाडीको भाडा २० प्रतिशत र तराईमा चल्ने मालवाहक गाडीको भाडा २६ प्रतिशतले बढेको छ ।

बढेको भाडा दर दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने लामो दुरीका गाडीमा लागू हुनेछ । प्रदेशभित्र चल्ने गाडीको भाडा प्रदेश सरकारले नै तोक्ने अधिकार पाएको छ । भाडा बढाउँदा इन्धनको मूल्य वृद्धिलाई ३५ र अन्य सूचकलाई ६५ प्रतिशत आधार मान्ने गरिएको छ ।

यस्तो छ बसभाडा दर रेट

धादिङबाट

  • धादिङबेसी-ससाह भाडा रु.२५
  • धादिङबेसी-डुम्रेखोला भाडा रु.३५
  • धादिङबेसी-कालिदह भाडा रु.४०
  • धादिङबेसी-नलाङ बैरेनी भाडा रु.४५
  • धादिङबेसी-बुङ्चुङ भाडा रु.५५
  • धादिङबेसी-फिफिसेटार भाडा रु.६५
  • धादिङबेसी-मलेखु भाडा रु.७५
  • धादिङबेसी-गजुरी भाडा रु.९०
  • धादिङबेसी-घाटबेसी भाडा रु.१००
  • धादिङबेसी-आदमघाट भाडा रु.११५
  • धादिङबेसी-मासटार भाडा रु.१२५
  • धादिङबेसी-गल्छी भाडा रु.१४०
  • धादिङबेसी-सिम्ले भाडा रु.१५५
  • धादिङबेसी-महादेवबेसी भाडा रु.१७०
  • धादिङबेसी-जुगेखोला भाडा रु.१८५
  • धादिङबेसी-धार्के भाडा रु.१९५
  • धादिङबेसी-नौबिसे भाडा रु.२००
  • धादिङबेसी-खानीखोला भाडा रु.२१०
  • धादिङबेसी-टायलघर भाडा रु.२२०
  • धादिङबेसी-काठमाडौं भाडा रु.२३५

काठमाडौंबाट

  • काठमाडौं-टायलघर भाडा रु.५०
  • काठमाडौं-खानीखोला भाडा रु.६५
  • काठमाडौं-नौबिसे भाडा रु.७५
  • काठमाडौं-धर्के भाडा रु.८५
  • काठमाडौं-जुगेखोला भाडा रु.९५
  • काठमाडौं-महादेवबेसी भाडा रु.१०५
  • काठमाडौं-सिम्ले भाडा रु.१२०
  • काठमाडौं-गल्छी भाडा रु.१४०
  • काठमाडौं-मासटार भाडा रु.१५०
  • काठमाडौं-आदमघाट भाडा रु.१६०
  • काठमाडौं-घाटबेसी भाडा रु.१७०
  • काठमाडौं-गजुरी भाडा रु.१८०
  • काठमाडौं-मलेखु भाडा रु.१९०
  • काठमाडौं-फिसफिसेटार भाडा रु.२००
  • काठमाडौं-बुङ्चुङ भाडा रु.२१०
  • काठमाडौं-नलाङबैरेनी भाडा रु.२१५
  • काठमाडौं-कालिदह भाडा रु.२२०
  • काठमाडौं-डुम्रेखोला भाडा रु.२२५
  • काठमाडौं-ससाह भाडा रु.२३०
  • काठमाडौं-धादिङबेसी भाडा रु.२३५

डिलक्स दिवा सेवा

  • धादिङबेसी-काठमाडौंभाडा रु.२९०
  • काठमाडौं-धादिङबेसी भाडा रु.२९०
  • काठमाडौं-आरुघाट रु.५८५
  • धादिङबेसी-आरुघाट रु.२९५

रात्री सेवा

  • काठमाडौं-आरुघाट रु.७५०
  • आरुघाट-काठमाडौं रु.७५०
  • काठमाडौं-धादिङबेसी रु.३७५
  • मलेखु-धादिङबेसी रु. १००
Facebook Comments