
मंसिर १९, धादिङ ।
पृथ्वीराजमार्ग अन्र्तरगत धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ महेशखोलामा सोमबार राती १० बजे ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बैरेनीबाट काठमाण्डौं तर्फ जाँदै गरेको बा.३ ख २१८० नम्बरको ट्रिपर सडकबाट ५० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनामा परि धुनिवेशी नगरपालिका वडा नम्बर ९ स्याउली बस्ने ट्रिपर चालक दिपक लामाको नेश्नल अस्पताल कलङ्की काठमाण्डौंमा उपचारका क्रममा मृत्यु भएको हो ।