
पुस ३-
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि भावीकार्यदिशाबारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दैछ । मुलुकको राजनीतिकअवस्था, सरकार गठन, निर्वाचनमाप्राप्तमतपरिणाम लगायतकाविषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)ले केन्द्रीयकार्यालयको बैठक बोलाएको हो । प्
रवक्तापम्फा भुसालकाअनुसार बैठक सोमबार बिहान ११ बजे पार्टी केन्द्रीयकार्यालय पेरिसडाँडामा बस्नेछ । नेकपाएमालेसँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएपछिको अवस्था, पार्टी एकता र पार्टीको समग्र अवस्थाको विषयमा छलफल गर्ने कार्यसूची रहेकोछ । यस्तै नयाँजनादेश प्राप्तभइसकेपछि पनि सरकारले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्तनगरिरहेको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुनेछ ।
सरकार गठन, पार्टी एकता, प्रदेश सरकार तथाअन्यतत्कालीन राजनीतिकविषयमा समेत बैठक छलफल केन्द्रितहुने भूषाले जानकारी दिनुभयो ।आजको बैठकबाटमाओवादी केन्द्रले भावीकार्यदिशा र मुलुकको पछिल्लो राजनीतिकअवस्थाकाबारेमा समानधारणा बनाउनेछ ।