
माघ १, धादिङ ।
आज परम्परागत माघे संक्रान्ति पर्व मुलुकभर घिउ, चाकु र तरुललगायतका परिकार खाएर मनाइँदै छ । आजदेखि सूर्य धनु राषीबाट मकर राषीमा प्रवेश गर्ने भएकाले माघे संक्रान्तिलाई मकर संक्रान्ति पनि भन्ने चलन छ ।
माघे संक्रान्तिको अवसरमा चितवनको देवघाट, सुनसरीको बराहक्षेत्र, नुवाकोटको देवीघाट, बर्दियाको ठाकुरद्वारालगायतका स्थानमा स्नान गर्नेको बिहानैदेखि घुइँचो लागेको हुन्छ । ती स्थानमा हिजो राति नै जाग्राम बसेर दर्शनार्थीले पाठपूजा गर्छन । आजको दिन पारिवारिक सदस्य, आफन्त तथा साथीभाई सँगै बसेर गएराति नै पकाइएको तरुल, चाकु, लड्डु तथा घिउलगायतका मीठामीठा परिकार खाएर रमाइलो गर्ने चलन छ ।
थारु, मगर र छन्त्याल समुदायल भने नयाँ वर्षको रुपमा माघी पर्व धुमधामसँग मनाउँछन् । पश्चिम तराइका दाङ, बाँके, बर्दिया र कैलालीलगायत जिल्लामा माघीको विशेष रौनक छाउँछ । माघे सक्रान्तीको अवसरमा आज धादिङको धुवाँकोट, खाल्टे, नुवाकोटको तारुका, रसुवा र नुवाकोट जिल्लाको सीमा क्षेत्र बेत्रावतीमा गोरु जुधाईदैछ । धादिङको धुवाँकोटमा ”कृषि उत्पादन र गोरु जुधाइ धुवाकोटको आधार, पर्यटन प्रबदन गर्न तयार गरि बिकासको पुर्बाधार” भन्ने मुल नारा का साथ माघ १ गते गोरु जुधाइ तथा कृषि मेला प्रदशनी हुने भएको छ ।

फाईल तस्विर
गत वर्ष पनि बृहत साँस्कृतिक कार्यक्रम गरेको भँङ्गेरी युवा समाज धुवाँकोटले यस वर्ष पनि नीलकण्ठ नगरपालिका वर्डा नम्बर १४ को आयोजना तथा भँङ्गेरी युवा समाज धुवाँकोटको सहआयोजनामा गोरु जुधाइ तथा कृषि मेला प्रदशनी गर्न लागेको हो । धादिङको खाल्टेमा पनि माघे संक्रान्तिको अवसरमा गोरु जुधाई प्रतियोगिता हुन लागेको वताईएको छ । खाल्टेमा ३ बर्ष देखि नियमित रुपमा गोरु जुधाई प्रतियोगिता हुंदै आईरहेको छ ।

फाईल तस्विर
बझाङ्गी राजा जयपृथ्वीबहादुर सिंह हालको गोरुजात्रा हुने स्थान अर्थात तारुका–५ चन्दनीस्थित मामाघर आउँदा भन्जालाई स्वागत र मनोरञ्जन गराउन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा पहिलो पटक सुरु गरेका थिए । उक्त दिन माघेसङ्क्रान्ति भएको र त्यसै समयदेखि गोरु जुधाउने परम्पराको थालनी भएको स्थानिय बयोबृद्धहरुको भनाई छ ।