
माघ ४, धादिङ ।
धनकुटामा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ । धनकुटालाई प्रदेश नं. १ को राजधानी बनाउन माग गर्दै धनकुटाबासीले सरकारी कार्यालयमा आगजनी गर्नुका साथै एम्बुलेन्स र दमकलमा पनि तोडफोड गर्न थालेपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो ।
३४ दिनदेखि चलिरहेको आन्दोलन र हडतालले धनकुटा क्षेत्रको जनजीवन प्रभावित भएको छ । बुधबार सरकारले प्रदेश नम्बर १ को अस्थायी राजधानी विराटनगर तोकेपछि धनकुटामा झनै आन्दोलन बढेको हो ।
आन्दोलनको कारण कोसी राजमार्गको धनकुटामा गाडी नचल्दा भोजपुर, संखुवासभा, तेह्रथुम लगायत ठाउँका बासिन्दाको जनजिवन पनि प्रभावित बनेको छ ।