
माघ ४, धादिङ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षण गराएर स्वदेश फर्कनु भएको छ ।
थाइल्यान्डबाट स्वदेश फर्कने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष ओलीले एमाले–माओवादी पार्टी एकता तीव्रताका साथ अगाडि बढेको बताउनुभयो । पार्टी एकताको काम जतिसक्दो छिटो हुने, आशा र आशंका गर्ने दुवैले चिन्ता मान्नु नपर्ने बताउन भयो ।
प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न ढिलाई भए पनि त्यो सरकारको क्षेत्राधिकारभित्र पर्ने भन्दै ओलीले यसमा आफूहरुको आपत्ति नरहेको बताउनुभयो । त्यस्तै अहिले तोकिएका केन्द्र स्थायी नभएकाले यसमा आन्दोलन गर्न पनि नपर्ने ओलीको भनाई थियो ।
अहिले तोकिएका केन्द्र प्रदेशसभाको दुई तिहाई मतले जनअपेक्षा अनुसार नै परिवर्तन गर्न सक्ने भएकाले अहिले आन्दोलन गर्नुको कुनै अर्थ नभएको ओलीले स्पष्ट पार्नुभयो ।