
फागुन १८, काठमाण्डौं ।
दुई दिनपछि हुने सघीय सांसद्को सपथ ग्रहणको तयारी अन्तिम चरणमा पुगेको संघीय संसद् सचिवालयले जनाएको छ । यहीफागुन २० गते संघीय सांसद्को सपथ ग्रहणहुनेछ ।
आजसम्ममा ६ जनाभन्दा धेरै सांसद्ले मातृभाषामा सपथग्रहणका लागि संसद् सचिवालयमाआवेदनदिएका छन् । आवेदनदिने समय हिजोसम्मकालागितोकिएको भएपनि सार्वजनिकविदा परेकाकारण आजपनिआवेदनलिइने संसद् सचिवालयकासचिवहिमलाल सुवेदीले जानकारी दिनुभयो ।
राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाका जेष्ठ सदस्यालाई सपथग्रहण गराएपछि उहाँहरुले बाँकी सांसद्लाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । बैठक सुरु भएसँगै सांसद्हरुले संसद् सञ्चालनको नियमावलीतयार पार्नेछन् ।