धादिङ, फागुन २८ –
थाक्रे गाउँपालिका वडा नम्बर १ सिम्लेमा सोमबार बसकोे ठक्करबाट एक जनाको ज्यान गएको छ ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ना ६ ख ३१७७ नम्बरको बसले ठक्कर दिँदा गल्छी गाउँपालिका वडा नं २ निवासी ४५ वर्षीय नारायण खतिवडाको ज्यान गएको सिम्ले प्रहरी चौकीका इन्चार्ज खिम जिसीले जानकारी दिनुभयो ।
बसको ठक्करपछि घाइते भएका खतिवडाको उपचारको लागि लाँदै गर्दा ज्यान गएको हो । दुर्घटना गराउने यात्रु बस प्रहरीले नियन्त्रणमा लिएको छ ।
Facebook Comments