असोज १९,
पृथ्वीराजमार्गमा सञ्चालित होटलको अनुगमन तथा निरीक्षण कार्यलाई तीव्रता दिएको छ । अनुगमनका क्रममा कैयौं होटल तथा घुम्ती पसलहरू बिनाअनुमति सञ्चालन गरिएका र होटलको स्वच्छतासँगै सरसफाइमा ध्यान नदिएको भेटिएको छ ।

जिल्ला अनुगमन समिति धादिङले विहिबार अनुगमन गरेको हो । व्यवसायीहरुले व्यवस्थापकीय पक्षलाई ध्यान दिँदै आएपनि ग्राहकमैत्री वातावरण, उचित मूल्य, सरसफाइयुक्त बनाउन नियमित र प्रभावकारी अनुगमन गरिने बताउनुभएको छ ।
राजमार्गमा होटलहरुले यात्रुसग जथाभाबी मुल्य लिने गरेको जनगुनासो आउने गरेकोेले पनि राजमार्ग वरपर सञ्चालित होटलको व्यवस्थापन, सरसफाइ र फोहोरमैला व्यवस्थापन गर्न पनि अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताउनुभएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले राजमार्ग क्षेत्र र सदरमुकाम धादिङबेंसीमा सञ्चालित होटल व्यवसायको नियमित अनुगमन गर्दै आइरहेको छ । अनुगमन टोलीले राजमार्गमा रहेका दश वटा होटल तथा रेष्टुरेण्टहरुको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा विभिन्न होटलबाट खानेकुराको मुल्य भने फरक फरक पाईएकोले अत्याधिक मुल्य लिने होटल तथा रेष्टुरेण्ट एव ब्यापारीहरुलाई  तत्काल मुल्य समायोजन गर्न निदेशनसमेत दिएको छ ।
राजमार्ग भएर हजारौ यात्रुहरु आवत जावत गर्ने भएका कारण यात्रुहरु नठगिउन भन्दै रामार्गमा संञ्चालीत होटलहरुमा कडाईका साथ अनुगमन गरीने पनि स्थानीय प्रशासनले जनाएको छ । विशेषगरि चाडपर्व नजिकिदै जादा प्रशासनले दैनिक उपभोग्य बस्तुहरुको मुल्यमा एक रुपताका ल्याउन होटल तथा रेष्टुरेण्टहरुमा ग्राहक ठगिनबाट रोक्न राजमार्गमा अनुगमनलाई तीव्रता दिइएको हो ।

Facebook Comments