असोज २०,काठमाडौ
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल सार्बजनिक गरेको छ । कक्षा ११ को परीक्षा गत वैशाख ३० गतेदेखि जेठ ९ गतेसम्म सञ्चालन भएको थियो । आज सार्वजनिक भएको परीक्षाफलमा नियमिततर्फ ३ लाख ३२ हजार ८ सय ९१, अक्षराङ्कन पद्धतीमा आंशिकतर्फ १ लाख ७६ हजार ४९ र अंक प्रणालीमा ४९ हजार ५ सय ५ विद्यार्थी परीक्षामा सहभागि भएको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ । परीक्षा फारम भरेका मध्ये २० हजार अनुपस्थित रहेको परिक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनुभयो ।
कक्षा ११ को परीक्षामा सहाभागिहरु मध्ये नियमिततर्फ जिपिए ३.६५ देखि ४ सम्म ल्याउने १ हजार १ सय १५ जना, जिपिए ३ देखि ३.६० ल्याउने ८ हजार ९ सय ४९ जना, जिपिए २.८१ देखि जिपिए ३.२० ल्याउने २४ हजार ५ सय १५ जना, जिपिए २.४१ देखि २.८० ल्याउने ४८ हजार ७ सय ३१ जना, जिपिए २.१ देखि २.४० ल्याउने ८६ हजार ७ सय ७० जना, जिपिए १.६१ देखि २ ल्याउने ९२ हजार ५ सय ९३ जना रहेका छन् । त्यसैगरि जिपिए १.२१ देखि १.६० ल्याउने ४१ हजार ४ सय ६ जना, जिपिए ०.८१ देखि १.२० ल्याउने ८ हजार १ सय २७ जना र जिपिए ० देखि ०.८० ल्याउने २० हजार ६ सय ८५ जना रहेका छन् । गत वर्षको तुलनामा यस वर्ष छिटो नतिजा सार्वजनिक भएको हो । 
