
असोज २४,
आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ मा नेपालले लगातार पाँचौ जित निकालेको छ । बुधबार भएको खेलमा चीनलाई १० विकेटले हराएर नेपालले अपराजित यात्रा कायम राखेको हो ।
क्वालालम्पुरस्थित वायुमस ओभलमा चीनले दिएको २७ रनको लक्ष्य नेपालले १ ओभर ५ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो । नेपालको जितमा विनोद भण्डारीले अविजित २४ र प्रदिप ऐरीले ४ रन जोडे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चीनले १३ ओभरमा अलआउट हुँदै २६ रन जोडेको थियो ।
चीनका होङ जियाङ यानले सर्वाधिक ११ अंक जोडे । त्यस्तै डेनज्ही माले ५ रन जोड्दा चेन जीङफेङले १ रन बनाए । चीनका अन्य ७ ब्याट्सम्यान सुन्य रनमा आउट भए । नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र ललित राजवंशीले समान ३/३ विकेट लिए ।
एसिया छनोटको दोस्रो चरणमा पुगिसकेको नेपालले अन्तिम खेलमा शुक्रबार सिंगापुरसंग खेल्नेछ । जितसंगै छनोटमा नेपाल ५ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । यता, चीन भने ५ खेलमा चार हार बेहोर्दै तालिकाको पुछारमा रहेको छ ।