
असोज २७, धादिङ ।
बडा दसैंको चौथो दिन आज माता भगवती कुष्माण्डाको पूजा आराधना गरिँदै छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ ।
आफ्नो उदरमा त्रिविधतापधारण गरी संसारको सृष्टि गर्न कुष्माण्डा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख छ । उष्णता तथा शीतलतालाई सम तुल्याई सिर्जना गर्ने शक्ति कुष्माण्डा देवीमा रहेको बताइएको छ ।
यी देवी उष्ण रक्त समूह मानव, चराचरुङ्गी तथा शीतरक्त समूह माछा, सर्पलगायतका सारा प्राणीको सिर्जना शक्ति भएकी माता भनेर शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ ।शक्तिपीठ तथा देवीमन्दिरहरुमा कुभिण्डाको विधिपूर्वक पूजा गरी बली समेत चढाउने गरिन्छ ।