
दोश्रो नीलकण्ठ मेयर फुटसल प्रतियोगिताको उपाधी याक्सन नेपालले जितेको छ । आज भएको फाईनल खेलमा नीलकण्ठ नगरपालिका फोर्सलाई ६–४ को गोल अन्तरले जित्दै उपाधी हात पारेको हो ।
योसंगै याक्सन नेपालले एकलाख ११ हजार १ सय ११ सहित ट्रफी र मेडल प्राप्त गरेको छ । भने दोस्रो हुने नीलकण्ठ फोर्सले ५५ हजार ५ सय ५५ सहित ट्रफी र मेडल प्राप्त गरेको छ । यस्तै प्रतियोगीतामा नेपाल पत्रकार महासंघ तेस्रो भएको छ भने गंगाजमुना गाउँपालिका चौथो भएको छ ।
तेस्रो र चौथो हुने टिमले क्रमश २२ हजार २ सय २२ र ११ हजार १ सय ११ रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । फागुन ६ गते बुधबारदेखि सुरु भएको प्रतियोगितामा देशभरबाट २६ टिमको सहभागीता रहेको थियो ।