
धादिङकाे सदरमुकाम धादिङबेसीमा रहेकाे धादिङ अस्पतालमा एक जना किशाेरीकाे मृत्यु भएपछि अस्पताल तनाव ग्रस्त बनेको छ । नीलकण्ठ नगरपालिका-१३ की १८ वर्षिया मिरा आचार्यको मृत्यु भएपछि यतिबेला आफन्तहरूले सत्यतथ्य छानविनको माग गर्दै विरोध जनाएका छन् ।
अस्पताल प्रशासन र मृतक पक्ष विच बसेको वार्ता विना निष्कर्श टुङ्गिएको छ । दिउँसो ३ बजे पुन: बैठक बस्ने गरि स्थगित भएको छ । आइतबार विहान करिव पौने ४ वजे ज्वरो आएर अस्पताल आएकी मिराको उपचारको क्रममा ज्यान गएको बताइएको छ ।