कात्तिक ९,धादिङ ।
नेपाल कम्युनिष्ट पार्टि (नेकपा) धादिङले आज शुक्रबार शुभकामना आदन–प्रदान तथा चियापान कार्यक्रम गरेको छ । नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) धादिङको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं नेकपाका नेता प्राध्यापक डा.पुष्प कंडेलले वर्तमान सरकारले नेपालको सम्पूर्ण क्षेत्रका योजनाको प्रारम्भीक स्तम्भ निर्माण गरिरहेको र यसका निम्ती राष्ट्रिय योजना आयोगले सकृयताका साथ काम गरिरहेको हुँदा सम्पूर्ण नेपालीहरुलाई ढुक्क भएर बस्न आग्रह गर्नुभयो ।
साथै आफु पनि यसै जिल्लाको बासिन्दा भएकाले जिल्लामा रहेका ठुला आयोजनाहरु बुढिगण्डकी जलविद्युत आयोजना, धादिङवेशीं तिप्लिङ सडकखण्ड, धादिङवेशीं सल्यान्टार सडक खण्ड, भिमढुङ्गा लामीडाँडा सडकखण्ड लगायतका आयोजनाहरु समयमानै सम्पन्न गर्नको निम्ति पहलकदामी गर्ने पनि बताउनुभयो । बजारमा प्रतिपक्षले सिर्जना गरेको भ्रमको पछि नलाग्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
उहाँले नेपालमा आवश्यक दक्ष जनशक्ती अभाव भएकोले भविश्यमा देशको लागि आवश्यक दक्ष जनशक्ती उत्पादनका लागि स्थानिय जनप्रतिनिधिहरुलाई आवश्यक पहलकदामी गरि परिमाणात्मक भन्दा गुणस्तरिय शिक्षामा जोड दिन आग्रह गर्नुभयो ।
शुभकामना मन्तव्य सँगै कार्यक्रममा उपस्थित नेताहरुले दुई कम्यूनिट पार्टि विचको एकता अन्तीम चरणमा पुगेकोले जिल्लाका सम्पूण नेता कार्यकर्ताहरुलाई एक ढिक्का एक मनाका साथ आ–आफ्नो स्थानिय तहहरुमा पार्टि एकता सम्बन्धी कार्यक्रमहरु अगाडी बढाउन आग्रह गरेका थिए ।
बडादशैं, शुभ–दिपावली, छठ, नेपाल संवत, ल्होसार लगायतका राष्ट्रिय पर्वहरुको अवसर पारेर कार्यक्रमको आयोजना गरेको हो । दुई कम्यूनिष्ट पार्टिहरु विच पार्टि एकता पश्चात यो पहिलो जिल्ला स्तरिय शुभकामना आदान–प्रदान कार्यक्रम भएको नेकपाका जिल्ला नेता नेत्र पौडेलले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रनितिधि सभा क्षेत्र नं.१ का सांसद भूमि त्रिपाठी, प्रतिनिधि सभा क्षेत्र नं.२ का सांसद खेम लोहनी, यसैगरि प्रदेश नं. ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेल, प्रदेश सभाका सांसद डा.रामकुमार अधिकारी, जगत सिंखडा, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डे, प्रहरी प्रमुख डम्बरबहादुर वि.क अन्य राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न स्थानिय तहका प्रमुख तथा प्रतिनिधि, शुभचिन्तक शभेच्छुक,संञ्चारकर्मी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
फोटोहरु :-

भिडियो हेर्नुहोस्

 

Facebook Comments