
कात्तिक – १० ।
सरकारले हुलाक सेवालाई प्रभावकारी बनाउन अध्ययन सुरु गरेको छ ।
हुलाकलाई समय सापेक्ष बनाउन हुलाक सुधार कार्यदल गठन गरी अध्ययन सुरु गरिएको हो । अध्ययन पछि कार्यदलले दिने प्रतिवेदनको आधारमा अगाडी बढ्ने हुलाक सेवा विभागका शाखा अधिकृत शरद दाहालले बताउनुभयो । बदलिदो समयसँगै हुुलाक सेवालाई परिवर्तन गर्न नसक्दा हुलाक काम बिहीन बनेको टिप्पणी भइरहेको छ ।