कात्तिक – १० ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी मध्यविन्दु नगरपालिका–११ अरुणखोलमा शनिबार बिहान भएको बस दुर्घटनामा परि ११ जना घाइते भएका छन् ।

बर्दियाबाट काठमाण्डौंकालागि छुटेको ना ६ ख ८४३९ नं को बस सडक छेउमा रोकि राखेको ना ६ ख ५९२ नं को ट्रकमा ठोक्किदा दुर्घटनामा भएको जिल्लाप्रहरी कार्यालय नवलपरासीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका ११ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकृत लीलाराज लामिछानेले बताउनुभयो ।

घाइतेको नाम, ठेगाना खुल्न भने बाँकी रहेको छ ।

Facebook Comments