
कात्तिक १० ।
काठमाडौं रोयल्सले पोखरामा जारी नमस्ते पोखरा प्रिमियर लिग ९पीपीएल० टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
शनिबार भएको पहिलो खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले दिपेन्द्र सिंह ऐरीको एक्स्पर्ट धनगढी ब्लुजलाई १७ रनले हराएको हो । पोखरा रंगशालाको क्रिकेट मैदानमा काठमाडौंले दिएको १ सय ८१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको धनगढीले २० ओभरमा ८ विकेट गुमाएर मात्र १ सय ६३ रन जोडन सक्यो ।
धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले ५४ रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सफल हुनुभएन । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर १ सय ८० रन बनाएको थियो । जितसंगै काठमाडौंले महत्वपूर्ण २ अंक जोडेको छ । प्रतियोगिता अन्तर्गत भोली विराटनगर र धनगढी तथा पोखरा बुटवलबीच खेल हुनेछ ।