
कात्तिक १३ ।
पहिलो किस्ता अनुदान रकम लिएर पनि घर निर्माण कार्य सुरु नगर्नेमाथी राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले कारवाहि प्रक्रिया सुरु गरेको छ ।
पहिलो किस्ताको ५० हजार लिएर घरको जग नहाल्ने ३० प्रतिशत हाराहारी रहेकामाथी प्राधिकरणले कारवाहि प्रक्रिया सुरु गरेको हो । प्राधिकरण अहिलेसम्म अनुदान लिएर घर पनि नबनाउने र पैसा पनि फिर्ता नगर्ने ३० प्रतिशतमाथि कारवाही सुरु गर्न थालीएको प्राधिकरणका सहायक प्रवक्ता मनोहर घिमिरेले बताउनुभयो ।
उहाँले उनीहरुले कि त अब घरको जग राखेर दोश्रो किस्ताको लागि आवेदन दिनुपर्नेछ कि त्यो पैसा फिर्ता गर्नुपर्नेछ । यसका लागि प्राधिकरणले ३० दिने सूचना समेत निकालिसकेको उहाँले जानकारी दिनुभयो । यसरी पैसा फिर्ता आएमा त्यो पैसा सम्बन्धित स्थानीय तहमै पुनर्निर्माण कोष बनाएर राख्ने पनि प्राधिकरणले सोच बनाएको छ ।
७ लाख २८ हजार अनुदान सम्झौता भएको मध्ये ७ लाख २१ हजारले पहिलो किस्ता लिएका छन् ।५ लाख ७ हजारले दोश्रो किस्ताको अनुदान लिएका छन् । अनुदान सम्झौता गरेका मध्ये ७० प्रतिशतले दोश्रो किस्ताको रकम लिएका छन् ।