कात्तिक १४ ।
सरकारले बुधबार देशैभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार र विहिबार देशैभरका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई निःशुल्क जुकाको औषधि र भिटामिन ‘ए’ को क्याप्सुल खुवाउन लागेको हो ।

सरकारले कुनैपनि बालबालिका भिटामिन ‘ए’ र जुकाको औषधि खानबाट नछुटुन् भनेर सबैलाई आग्रह समेत गरेको छ । कार्यक्रम सञ्चालन भएका जिल्लाहरुमा ५ वर्षमुनिका बालबालिकाहरुको पोषणस्थिति थाहा पाउनका लागि पाखुराको नाप पनि लिइने र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई सूक्ष्म पोषकतत्व बालभिटा पनि वितरण गर्ने मन्त्रालयले जनाएको छ ।

Facebook Comments