
कात्तिक १७ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्धिका कामलाई सरकारले तीव्रता दिने बताउनुभएको छ ।
सरकारले केही गरेन भनेर प्रतिक्रियावादीले गरेको प्रचारलाई विश्वास नगर्न उहाँले सबैलाई आग्रह गर्नुभयो । प्रदेश नम्बर ५ को बुटवलमा शनिबार आयोजित शुभ कामना आदान प्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले अबविकास, निर्माणमा क्रान्ति ल्याउने समय आएको धारणा राख्नुभयो ।
तल्लो तहसम्म पार्टी एकीकरण गर्न ढिलाइभएको बताउँदै अब छिटो टुङ्गिने विश्वास दिलाउनुभयो । सरकारले केही गरेन भनेर दुष्प्रचार भएकोमा आक्रोश पोख्दै प्रचण्डले सरकारले काम गरिराखेको दाबी गर्नुभयो । जनकपुर–सीमरा रेल छिट्टै उद्घाटन हुने धारणा राख्नुभएका प्रचण्डले चीन काठमाडौँ र काठमाडौँ–पोखरा रेल मार्ग बनाइने बताउनुभयो ।