कात्तिक १९, गल्छी ।
धादिङको गल्छी गाउपालिकामा गाउपालिकास्तरिय दलित उत्थान तथा ससक्त समाजको गठन गरिएको छ ।

दलित अगुवा गोपाल विश्वकर्माको अध्यक्ष्यतामा बसेको भेलाले १३ सदस्यीय कार्यसमिती र ८ जना वडा सयोँजक समेत चयन गरेको छ । भेलाले गोपाल विश्वकर्मा अध्यक्ष रहने गरि ९ सदस्यीय कार्यसमिती गठन गरेको छ ।

नवगठित समीतीको उपाध्यक्षमा विष्णु गहतराज, सचिवमा कुमार परियार, सह सचिवमा सिर्जना विशुन्केलाइ चयन गरेको छ । कार्यक्रममा गल्छी गाउ कार्यपालिकाका सदस्य मिठ्ठु विशुन्के, विभिन्न वडाका दलित महिला सदस्य लगाएत दलित अधिकार कर्मीहरुको सहभागिता रहेको थियो । भेलाले दिल बहादुर रम्तेल सयोँजक रहनेगरि पाँच सदस्यीय सल्लाहकार समिती पनि चयन गरेको छ ।

Facebook Comments