मंसिर २ ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आईतबार बस्दैछ । नेपाल विद्यार्थी संघको कार्यसमिति म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठक आईतबार २ बजे बस्ने गरि सकिएको थियो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको हिजो बैठकमा म्याद थपका विषयमा छलफल भएपनि कुनै पनि निर्णय गर्न नसकिएको नेता चन्द्र भण्डारीले जानकारी दिनुभयो । विद्यार्थी संघको कार्यसमितिको म्याद थप गर्ने नगर्ने विषयलाई लिएर संगठनभित्र विवाद बढेको छ । म्याद थप गर्नु पर्ने र गर्न नहुने दुबै पक्षका विद्यार्थीहरुले हिजो कांग्रेस केन्द्रीय कार्यालय सानेपामा नाराबाजी गरेका थिए ।

कांग्रेसले छलफलका लागि बोलाएपछि विद्यार्थीहरु कार्यालयमा पुगेका थिए । सभापति शेरबहादुर देउवा कार्यालयमा उपस्थित भएपछि दुबै पक्षले चर्को नाराबाजी गरेका हुन् ।

Facebook Comments