
मंसिर ५ ।
समृद्ध नेपाल निर्माणका लागि नयाँ नीति तर्जुमा गर्नेबारेमा नीति अनुसन्धान प्रतिष्ठानको बैठकमा छलफल भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्ष्यतामा मंगलबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकमा नीति अनुसन्धान प्रतिष्ठानले गर्न चाहेका काम, विधी र सहकार्यका विषयमा छलफल भएको हो ।
प्रतिष्ठानका पदाधिकारी र प्रधानमन्त्री ओलीबीच परिचयात्मक कार्यक्रमका साथै प्रतिष्ठानले संविधानको मर्म अनुसार समाजवाद उन्मुख समृद्ध नेपाल निर्माणका लागि नयाँ नीति तर्जुमा गर्नेबारेमा छलफल भएको प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. चैतन्य मिश्रले जानकारी दिनुभयो ।
बैठकमा प्रधानमन्त्री ओलीले अहिले काम गर्न बाधक नीतिको पुनरावलोकन गरी नयाँ नीति तर्जुमा गर्न प्रतिष्ठानलाई निर्देशन समेत दिनुभएको छ ।