मंसिर १४, धादिङ ।

सरकारको कामको आलोचना भएपनि नेकपाको नेतृत्वमा सरकार बनेपछि देशमा निकै परिवर्तन भएको नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ । धादिङ उद्योग वाणिज्य संघ दक्षिण क्षेत्रीय समितिले आयोजना गरेको धादिङ कृषि पर्यटन तथा औद्योगिक मेलाको उद्घाटन गर्दैै नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।

शान्ति प्रक्रियाका बाँकि कामलाई राजनैतिक दलहरु बीचको सहमतिका आधारमा टुङगोमा पुर्याउन नेपाली काँग्रेससँग छलफल भैरहेको बताउनु भयो । असम्भव भनिएका काम सहमतिमा टुङ्ग्याएको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अबको लडाईँ देशको आर्थिक परिवर्तनका लागि हुनुपर्ने बताउनु भयो ।

सरकारले गरेका राम्रा कामको प्रस्तुत गर्दै प्रचण्डले भन्नुभयो, सबै ऐन बने, संबैधानिक संकट कुनै बाँकि छैन, चारवर्षभित्र काठमाडौँमा रेल पुग्ने गरी पूर्वाधार विकासका योजना बनेका छन् ।’ धादिङ र गोरखाको सिमानमा रहेको बहुप्रतिष्ठित बुढीगण्डकी आयोजनाको तिब्र ढँगले अगाडि बडिरहेको पनि प्रचण्डले बताउनु भयो ।  दलहरु बीचको एकताको बलमा राजनैतिक परिवर्तन, स्थायी शान्ति र विकासका आधारहरु खडा गरिएको बताउँदै प्रचण्डले राजनैतिक एकता हुन सकेन भने त्यो देशका लागि ठूलो दुर्भाग्य हुने बताउनु भयो ।

धादिङ उद्योग वाणिज्य संघ दक्षिणी क्षेत्रिय समितिको आयोजना, बेनीघाट रोराङ गाउँपालिकाको सह–आयोजनामा मेला संञ्चालन भएको हो । मेलाको प्रोवायोटेक इष्डष्ट्रिज प्रा.लि. र दुवाडि एग्रोभट को मुख्य प्रयोजन रहेको छ ।

“धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका साथ शुक्रबारदेखि सुरु भएको मेलामा विशेष गरि कृषि प्रदर्शनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, चेपाङ समुदायको मौलिक कला र संस्कृतिको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी, हस्तकलाको प्रदर्शनी, जडिवुटी तथा वनपैदावारको प्रदर्शनी, खनिजजन्य उत्पादनको प्रदर्शनी मुख्य आकर्षणको रुपमा रहने छ । साथै महोत्सवमा दैनिक चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साँस्कृतिक प्रस्तुती पनि रहेको छ ।

१२० वटा स्टल  रहेको मेलामा धादिङ जिल्लाको पर्यटकिय क्षेत्रहरुको प्रचार–प्रसार एवम् प्रवद्र्धनको लागि त्रिशुलीनदीमा ¥याफ्टिङ एवम् जिल्लाको पर्यटकिय क्षेत्रहरुको जानकारी गराईनुका साथै विभिन्न जाती र समुदायहरुको भेषभुषा झल्कनेखालको सँस्कृति प्रदर्शनी हुनेछ । महोत्सवको लागि प्रवेश शुल्क रु.७० र विद्यार्थी छुट सहित रु. ५० निर्धारण गरिएको छ । साथै मेलामा समूहमा आउने विद्यार्थी, अपाङग, जेष्ठ नागरिकलाई अवलोकनको लागि सहुलियत दरमा टिकटको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ । मेलामा त्रिशुलि नदिमा करिब ७ किलोमिटर ¥याफ्टिङ, रमाइलो मेला बाल उढ्यान, उँटको नाच र प्रदर्शनी पनि रहेको हुँदा सम्पूर्ण जिल्लाबासिलाइ मेला अवलोकनको लागि आह्वान गरेको छ ।

भिडियो हेर्नुहोस् :-

 

Facebook Comments